प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यतालिका छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधिसम्मत नरहेको बताए । कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने उनको भनाइ छ ।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद खतिवडाले माग गरे । महिनावारी भएको समयमा महिला प्रहरीलाई बिदा दिने विषय सकारात्मक भए पनि कानुन बनाएर मात्र कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए ।
सांसद ईश्वरीदेवी न्यौपानेले संसद् भवनमा आमनागरिकको सहज प्रवेशका लागि व्यवस्था गरिनुपर्ने बताइन् । सांसदहरु संसद्मा मर्यादित पोसाकमा उपस्थित हुनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि पनि उनले सभामुखमार्फत माग राखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण