कर्णालीवासीको औसत आयु १ वर्ष बढेपछि सांसद तामाङ चकित
आइतबार, २० जेठ २०८१, १२ : ०७
काठमाडौँ । माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामा तामाङले कर्णालीवासीको औसत आयु १ वर्षले कसरी बढ्यो भन्दै प्रश्न गरेकी छिन् ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले नेपालीको औसत आयु भन्दा कर्णालीवासीको औसत आयु १ वर्ष कसरी बढी भयो भन्दै राष्ट्रिय तथ्याङ्क विभागलाई प्रश्न गरेकी छिन् ।
उनले भनिन–‘राष्ट्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको विवरण हालै सार्वजनिक गरेको छ । उक्त तथ्याङ्क अनुसार कर्णालीवासीको औसत आयु नेपालीको भन्दा १ वर्ष बढी छ । १० वर्ष अघिसम्म सबैभन्दा कम औसत आयु भएका कर्णालीवासीको औसत आयु यो तरिकाले कसरी बढ्यो ?’
उनले यसबारेमा तथ्याङ्क विभागको ध्यानाकर्षण गराएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण