४७ बलमा शतक बनाउँदै इतिहास रच्ने क्रिस गेल
काठमाडौँ । टी–२० विश्वकपको इतिहासमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको कीर्तिमान वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलको नाममा रहेको छ । टी–२० विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने ब्याट्सम्यानको सूचिमा पहिलो र दोस्रो स्थानमा गेलकै नाम छ ।
गेलले सन् २०१६ मा भारतमा सम्पन्न टी–२० विश्वकपको इङ्ल्यान्डविरुद्धको खेलमा यो कीर्तिमान बनाएका थिए । वानखेड स्टेडियममा खेलिएको उक्त खेलमा आक्रामक ब्याट्सम्यान गेलले केवल ४७ बलमा अविजित एक सय रन बनाएका थिए ।
यस क्रममा गेलले ११ छक्का र पाँचवटा चौका पनि प्रहार गरेका थिए । उक्त खेलमा वेस्ट इन्डिज ६ विकेटले विजयी भएको थियो । त्यो विश्वकपको उपाधि पनि वेस्ट इन्डिजले नै जितेको थियो । वेस्ट इन्डिजले फाइनलमा पनि इङ्ल्यान्डलाई नै हराएको थियो ।
त्यसअघि गेलले नै सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणमा आयोजक दक्षिण अफ्रिकाविरुद्ध केवल ५० बलमा शतक बनाएका थिए । त्यो खेलमा उनले १० छक्का र सात चौकाको मद्दतले एक सय १७ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण