नेतान्याहु युद्ध अपराधी हुन्ः बर्नी स्यान्डर्स
वाशिङ्टन डीसी । वरिष्ठ अमेरिकी डेमोक्रेटिक नेता बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्ध अपराधी भनेका छन् ।
नेतान्याहुलाई कांग्रेसको संयुक्त बैठक बोलाउन नहुने भन्दै स्यान्डर्सले आफू कांग्रेसको संयुक्त बैठकमा सहभागी नहुने बताएका छन् । स्यान्डर्सले माइक्रोब्लगिङ वेबािइट एक्समा थ्रेडको एउटा पोस्ट गरेका छन् ।
‘नेतन्याहु युद्ध अपराधी हुन् र कांग्रेसको संयुक्त बैठकमा बोलाउनु हुँदैनथ्यो । म यो सत्रमा भाग लिँदिन् ।’ पोष्टमा उनले भनेका छन् । ‘हमासको आक्रमणबाट आफूलाई बचाउने अधिकार इजरायलसँग छ, तर त्यो अधिकारले उनीहरूलाई प्यालेष्टिनीविरुद्ध युद्ध छेड्ने अनुमति दिँदैन ।’ उनले भनेका छन् । इजरायललाई ३० हजार प्यालेस्टिनीहरूलाई मार्ने अधिकार नभएको उनी बताउँछन् । १९ हजार बालबालिकालाई मार्ने अधिकार पनि नभएको बताइएको छ ।
उसलाई गाजाको स्वास्थ्य प्रणालीलाई नष्ट गर्ने, ४०० भन्दा बढी स्वास्थ्यकर्मीहरूलाई मार्ने अधिकार पनि नभएको पोष्टमा उनले लेखेका छन् । अमेरिकी कंग्रेसले नेतन्याहुलाई कंग्रेसको संयुक्त सत्रमा सहभागी हुन निम्तो गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा ३६,००० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण