नेतान्याहु युद्ध अपराधी हुन्ः बर्नी स्यान्डर्स

वाशिङ्टन डीसी । वरिष्ठ अमेरिकी डेमोक्रेटिक नेता बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई युद्ध अपराधी भनेका छन् ।
नेतान्याहुलाई कांग्रेसको संयुक्त बैठक बोलाउन नहुने भन्दै स्यान्डर्सले आफू कांग्रेसको संयुक्त बैठकमा सहभागी नहुने बताएका छन् । स्यान्डर्सले माइक्रोब्लगिङ वेबािइट एक्समा थ्रेडको एउटा पोस्ट गरेका छन् ।
‘नेतन्याहु युद्ध अपराधी हुन् र कांग्रेसको संयुक्त बैठकमा बोलाउनु हुँदैनथ्यो । म यो सत्रमा भाग लिँदिन् ।’ पोष्टमा उनले भनेका छन् । ‘हमासको आक्रमणबाट आफूलाई बचाउने अधिकार इजरायलसँग छ, तर त्यो अधिकारले उनीहरूलाई प्यालेष्टिनीविरुद्ध युद्ध छेड्ने अनुमति दिँदैन ।’ उनले भनेका छन् । इजरायललाई ३० हजार प्यालेस्टिनीहरूलाई मार्ने अधिकार नभएको उनी बताउँछन् । १९ हजार बालबालिकालाई मार्ने अधिकार पनि नभएको बताइएको छ ।
उसलाई गाजाको स्वास्थ्य प्रणालीलाई नष्ट गर्ने, ४०० भन्दा बढी स्वास्थ्यकर्मीहरूलाई मार्ने अधिकार पनि नभएको पोष्टमा उनले लेखेका छन् । अमेरिकी कंग्रेसले नेतन्याहुलाई कंग्रेसको संयुक्त सत्रमा सहभागी हुन निम्तो गरेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा ३६,००० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप