रिङरोड बाहिरका काठे बस्तीहरूमा होमस्टे सञ्चालन गर्नु उपयुक्त : पर्यटनमन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले काठमाडौँ उपत्यका नजिक रिङरोड बाहिरका काठे बस्तीहरूमा होमस्टे (घरबास) कार्यक्रम सञ्चालन गर्न उपयुक्त हुने बताएका छन् । हाँडिगाउँ सामुदायिक होमस्टे (घरबास)को वार्षिकोत्सव तथा नयाँ होमस्टे घरहरूको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री तामाङले सहरभन्दा नजिक उपत्यकाको काँठे एरियाहरूमा होमस्टे कार्यक्रम बिस्तार गर्न सकिने बताएका हुन् ।
विदेशी तथा स्वदेशी पर्यटकलाई लोकल तथा अर्ग्यानिक खानाको स्वादसँगै मौलिक कला, संस्कृति देखाएर आर्थिक लाभ लिन सकिने भन्दै मन्त्री तामाङले होमस्टेलाई व्यवस्थित तथा प्रभावकारी र उद्देश्यमूलक बनाएर सञ्चालन गर्नुपर्नेमा जोड दिए । सहरी क्षेत्रमा रहेका घरहरूमा समेत आगन्तुक पाहुनालाई खाना र बासको व्यवस्था मिलाउने तथा सत्कार सेवा बापत निश्चित रकम लिने गरी होमस्टे सञ्चालन गर्न सकिन्छ भन्नेकुरा हाँडिगाउँ होमस्टेले प्रमाणित गरिसकेको उनले बताए । अब हाँडिगाउँमा मात्रै सीमित नराखी होमस्टे सेवा सहरका अन्य कुना कुनामा पनि सञ्चालन गरी त्यहाँको मौलिक कला, संस्कृति, संस्कारको संरक्षण र प्रचार गर्न सकिने धारणा राखे ।
‘काठमाडौँको रिङरोड बाहिरका काठ एरियामा खेती गर्ने, पशुपालन गर्ने र गाईबस्तुको मलबाट तरकारी फलाउने गरिन्थ्यो । अहिले खेतीयोग्य जमिन कम होलान् तर जति छन् त्यसलाई उपयोगमा ल्याएर त्यस्ता बस्तीहरूमा होमस्टे सञ्चालन गरी पुरानो जीवनशैलीमा आधुनिक प्रविधिको मिश्रण गर्दै स्थानीय उत्पादनबाट पाहुनाको स्वागत सत्कार गर्न सकेमा राम्रो आर्थिक उपार्जन गर्न सकिने सम्भावना छ,’ मन्त्री तामाङले भने ।
नेपाल आउने पर्यटक सबै हिमाल हेर्न, धार्मिक स्थलहरूको अवलोकन गर्न र प्राकृतिक दृश्यावलोकन गर्न मात्रै नआउने भन्दै मन्त्री तामाङले मौलिक परम्परागत शैली र स्थानीय स्रोत साधनको प्रयोग गरेर पुरानो शैलीमा बनाईएका आवास, रहनसहन, बसोबास, धर्म रीतिरिवाज, भाषा साहित्य, कला, गीतसंगित तथा अन्य कला संस्कृतिको अध्ययन गर्न जान्नका लागि पनि आउने गरेकाले उनले बताए । यस्ता पर्यटकको चाहना परा गर्न होमस्टे उपर्युक्त माध्यम बन्ने समेत उनले बताए ।
तर होमस्टे व्यवस्थित रूपमा सञ्चालनमा आउन भने जरुरी रहेको उनको भनाइ छ ।
काठमाडौँको सहरी क्षेत्रमा खोलिएका होमस्टेलाई थप प्रचारप्रसार गर्न सकेमा छोटो अवधिका लागि आउने पर्यटकलाई सेवा प्रदान गर्न सकिने उनले बताए । स्थानीय समुदायको आर्थिक विकासका लागि पनि होमस्टेलाई प्रवर्द्धन गर्नुपर्नेमा मन्त्री तामाङको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण