बलिउडबाट द्वन्द्व निर्देशक भित्र्याएपछि भड्किए नेपाली निर्देशक
काठमाडौँ । अभिनेता बिराज भट्टले फिल्म ‘१२ गाउँ’को एक्सनका लागि बलिउडबाट एक्सन कोरियोग्राफर सिल्भा मास्टर बोलाएर काम गरिरहेका छन् । यो कुरो नेपालमा द्वन्द्व निर्देशक हिमाल केसीलाई चित्त बुझेको छैन ।
उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै नेपाली द्वन्द्व निर्देशक जति ‘अब डुबेर मरे हुन्छ’ भन्दै आक्रोश पोखेका छन् ।
‘नेपाली चलचित्रका द्वन्द्व निर्देशक जति अब डुबेर मरे हुन्छ द्वन्द्वमा परिवर्तन दिन नसक्दा छिमेकी राष्ट्रबाट झिकाउन बाध्य पर्यो ?’, उनले लेखेका छन्, ‘जसले झिकाउनु भो उहाँले पनि बिर्सनु भएन । उहाँ छिमेकी राष्ट्रको द्वन्द्व निर्देशकबाट नेपाली चलचित्रको एक्सन स्टार हुनु भएको हो र ?’
नेपाली बजार सानो रहेको र पर्याप्त श्रोत साधना पनि नभएको भन्दै उनले सीमित बजेटमा समेत काम गर्नु पर्ने बताए । उनले भने, ‘छिमेकी राष्ट्रका द्वन्द्व निर्देशकले पाउने सुविधा, श्रोत–साधन के हामीले पाएका छौँ ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण