छोरा समीरको एक्सन खिच्न बिराजले बोलाए बलिउडबाट द्वन्द्व निर्देशक
काठमाडौँ । फिल्म ‘१२ गाउँ’को यतिबेला चितवनको सिमरा द्वन्द्वको छायाङ्कन भइरहेको छ । बिराज भट्ट निर्देशक रहेको फिल्मको अहिले द्वन्द्वको छायाङ्कन भइरहेको छ ।
द्वन्द्वका लागि बलिउडबाट सिल्भा मास्टर बोलाइएको छ । सिल्भाले नेपाली द्वन्द्व निर्देशक शंकर महर्जन र देव महर्जनसँगको सहकार्यमा डेब्यु हिरो समीर भट्टको एक्सन सिन खिचिरहेका छन् ।
सिल्भा बलिउड तथा साउथ फिल्मका द्वन्द्व निर्देशक हुन् । उनले बलिउडका ‘रोवट २.०’, ‘साहो’, ‘माही’ लगायत थुप्रै फिल्ममा द्वन्द्व निर्देशन गरेका छन् । नेपाली फिल्मको द्वन्द्वमा केही फरक र गुणस्तरीय गर्न बलिउडबाट सिल्भा बोलाएको निर्देशक विराजले बताए ।
विराजका छोरा समेत रहेका समीरले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईको समेत फिल्ममा अभिनय रहनेछ ।
ललितपुरको केही दिनको छायांकनपछि चितवन पुगेको फिल्म भोलीबाट हेटौँडामा छायाङ्कन हुनेछ । फिल्ममा कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको अभिनय देख्न सकिन्छ ।
४५ दिनको सेडुल सहित सुरु भएको फिल्मका छायाकार महेश पौडेल हुन् । फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । एक्सन–थ्रिलर जनरामा फिल्म बन्न लागेको हो । फिल्मका प्रोडक्सन म्यानेजर सुवास काफ्ले रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण