किन पक्राउ परे फिल्म निर्देशक सुदर्शन थापा ?
काठमाडौँ । राजधानीको कमलपोखरी क्षेत्रबाट पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापालाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । थापा सोमबार फिल्म ‘प्रसाद २’को हरहिसाब मुद्दामा पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए ।
आफूहरूको मन्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दै फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठ दिएको ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी जाहेरीको आधारमा उनी पक्राउ परेका हुन् ।
उनी विरुद्ध गत साउन १० गते नै जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको थियो । सोही समय पक्राउ पुर्जी जारी भए पनि उनी फरार रहेका थिए ।
उक्त जाहेरीमा ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाल, निर्देशक थापा र सम्पादक श्रेष्ठलाई विपक्षी बनाइएको छ । सोही जाहेरीअनुसार अग्रवाललाई सोही समय प्रहरी पक्राउ गरेको थियो । अग्रवाललाई दोषी नदेखिएको भन्दै प्रहरीले केही दिनमै रिहा गरेको थियो ।
थापा यस अगाडि फिल्म ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शन समयमा पनि पक्राउ परेका थिए ।
पल शाह नाबालिग बलात्कारमा मुछिँदा उनलाई लुकाएको आरोपमा पक्राउ परेका थिए । तर, प्रहरीले सोधपुछपछि उनलाई छोडेको थियो ।
थापा पछिल्लो समय फिल्म ‘रावायण’ बनाउँदै छन् । पहिलो चरणको छायाङ्कन सकेर फिल्म दोस्रो चरणको छायाङ्कनमा निस्कने तरखरमा छ ।
थापाले ‘रावायण’ फिल्म विवादमा गत साउनमा अनमोल केसीलाई पक्राउ गराएको आरोप छ । सोही समय उनी विरुद्ध फिल्म ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठ उनी विरुद्ध ठगी उजुरी दर्ता गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण