किन भयो ‘पेवेल नेपाल’ र ‘सजिलो पे’को खाता रोक्का ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा इजाजतपत्र (लाइसेन्स) प्राप्त पेवेल नेपाल प्रा.लि. र सजिलो पे पेमन्ट सर्भिसेज प्रा.लि.को बैंक खाता रोक्का गरिएको छ ।
केन्द्रीय बैंकले यी दुई कम्पनीको कारोबारमा शङ्का लागेको भन्दै कारोबारहरूको नियामकीय अनुपालना सम्बन्धी छानबिन गर्न बैंक खाता रोक्का गरिएको जनाएको हो ।
अनामनगर, काठमाडौँ कार्यालय रहेको पेवेल नेपाल र बालुवाटार, काठमाडौँ कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेजबाट भइरहेको कारोबारहरू नियामकीय अनुपालना सम्बन्धी छानबिनको क्रममा रहेको हुँदा उपयुक्त संस्थाहरूको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ ।
साथै यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधालाई सम्बोधन हुने गरी यथाशीघ्र छानबिन सम्पन्न गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण