ओटीटीमा प्रदीपको ‘प्रकाश’
काठमाडौँ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’ ओटीटी भिडियोपसल एपमा रिलिज भएको छ । सामाजिक यथार्थमा आधारित ‘प्रकाश’मा गरेको अभिनयलाई लिएर प्रदीपको चौतर्फी तारिफ पाएका थिए ।
कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको चलचित्रमा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको संघर्षको कथा देखाइएको छ ।
चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको सङ्गीत छ ।
विदेशमा नायक प्रदीप खड्काको राम्रो क्रेज रहेको र धेरैले उनको फरक अभिनय हेर्न चाहेकोले पनि चलचित्र ‘प्रकाश’ ओटिसिटमा ल्याइएको हो । चलचित्र नेपालमा भिडियो पसल एपमा र विदेशबाट एप्पल पे, गुगल पे, मेपल, डेबिट–क्रेडिट कार्डबाट हेर्ने सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराेध हुने भएपछि हर्क साम्पाङ जानकी मन्दिर गएनन्
-
अर्जुन कपूरसँगको अफेयरको हल्लामा के भन्छिन् साहिबा बाली ?
-
विदेशमा रहेका नेपालीका लागि एउटै प्रकृतिका दुई एप्स
-
झापाका विद्यार्थीलाई विपद् व्यवस्थापन तथा सर्पदंश रोकथाम तालिम
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण