यी राष्ट्र जुनबीच अझै दोस्रो विश्वयुद्ध जारी छ
६ दशक पहिले तीन वर्षको रक्तपातपूर्ण युद्ध पछि कोरियाली प्रायद्विपमा बन्दुक बिसाइयो । युद्धबिरामले युद्ध त रोकियो तर कुनै सन्धि हस्ताक्षर भएन तर हालैको शीर्ष वार्ताले सम्बन्धमा ‘नयाँ युग’ शुरु भएको घोषणासँगै यसको सम्भावाना बढेको छ ।
वास्तवमा ऐतिहासिक र समकालिन दुवै समयका यस्ता धेरै उदारणहरु रहेका छन् जहाँ भौतिक द्वन्द्व रोकिए पनि आधिकारिक रुपमा शान्ति हात लागेन ।
यीमध्य केही त आश्चर्यजनक खालका छन् ।
रसिया र जापान
दोश्रो विश्वयुद्धको अन्त्यमा जापानले आत्मसमर्पण गर्नुभन्दा एक दिन अघि सोभियत सरकारले जापानमाथि युद्ध घोषणा ग¥यो । रुसले जापान र पूर्वी रुसको कमचट्काबीचमा रहेको कुरिल टापु शृङ्खला कब्जा ग¥यो ।
त्यी टापूहरु हालसम्म शान्ति सम्झौताको लागि बाधक बनिरहेको छ । रसियाले युद्ध पश्चातको सहमतिमा टापुको सार्वभौमसत्ता स्वीकारिएको भनेको छ भने जापानले यसमाथिको आफ्नो दाबी छोड्न मानिरहेको छैन ।

यही कारणले सोभियत युनियनले सन् १९५१ मा जापान र मित्र शक्तिबीच भएको सहमतिमा हस्ताक्षर गरेन । तर, उसले सन् १९५६ मा युद्ध अवस्थाको अन्त्य र द्विपक्षीय सम्बन्ध पुनःस्थपना गर्ने बारेमा संयुक्त घोषणामा हस्ताक्षर ग¥यो । तर यो टापुको विवादले गर्दा हाल पनि यी दुई देशबीचमा औपचारिक शान्ति सम्झौता भएको छैन । अर्थात् प्राविधिक रुपमा रुस र जापान अहिले पनि दोश्रो विश्वयुद्धमै छन् ।
दोश्रो विश्वयुद्धका मित्र शक्ति र जर्मनी
१९४५ मेमा जर्मनीले मित्र शक्तिसमक्ष आत्मसमर्पण ग¥यो । तर, युद्ध लगत्तै यो देशनै विजेता शक्तिहरुबीचमै बाँडिएकाले हिटलरले शासन गरेको थर्ड रेइख राज्यको प्रतिनिधीको मान्न सकिने एकीकृत जर्मन राज्यनै रहेन ।
शीतयुद्धको शत्रुतापूर्ण समयको शुरुवातपछि प्राविधिक रुपमा युद्ध सन् १९९० मा जर्मनी एकिकरण नभएसम्म सकिएन ।
यही युद्धको औपचारिक अन्त्य नभएको देखाएर अमेरिकालाई पश्चिम जर्मनीमा आफ्नौ सैन्य केन्द्र स्थापना गर्ने कानुनी आधार भएको मानिन्छ ।
मोन्टेनेग्रो र जापान
मोन्टेनेग्रोलाई जापानसँग सम्झौता गर्नको लागि एक शताब्दी लाग्यो । उसले सन् १९०४–०५ को रुस–जापान युद्धमा मोन्टेनेग्रोले रसियालाई समर्थन गरेको थियो । जुन युद्धमा आश्चर्यजनक रुपमा विश्वमा भर्खरै खुलेको जापानले विश्वका तीन शक्ति मध्ये एक मानिने रसियामाथि विजयी हासिल गरेको थियो ।
जब रसिया र जापानले शान्ति सम्झौतामा हस्ताक्षर गरे उनीहरुले मोन्टेनेग्रोलाई बिर्सिए । पछि पहिलो विश्वयुद्धको उथलपुथलमा मोन्टेनेग्रो ‘सर्ब, क्रोएट र स्लोभेन अधिराज्य’ को हिस्सा भयो र त्यसपछि युगोस्लाभियाको हिस्सा भयो ।
सन् २००६ मा जब मोन्ट्नेग्रो पुनः एक पटक स्वतन्त्र घोषणा भयो यो अन्त्यमा शान्ति सम्झौता गर्न सहमत भयो । यस सम्झौतापछि क्रोएसियाको जापानसँग कुटनैतिक सम्बन्ध स्थापना गर्न सम्भव भयो ।
नेदरल्याण्ड र सीसीली टापू
केही राज्यबीचको युद्ध दशकौँ भए भने केहीको शताब्दीऔँसम्म जारी रह्यो । यो अवस्थामा त युद्धको अवस्थानै पूरै बिर्सिसकिएको थियो ।
यो युद्धको जरा सन् १६५१ को बेलायतमा भएको गृहयुद्धमा रहेको थियो । त्यसमा डच सेनाले संसदवादी (ओलिभर क्रोमबेलले राजावादी विरुद्धमा खडा गरेको पक्ष) लाई सघायो । युद्धमा सीसीलीमा राजावादीहरुसँगको युद्धमा डच सेनाले ठूलो क्षति भोगेको थियो । उनीहरु त्यसको क्षेतीपूर्ती दिन गृहयुद्धमा विजयी भएर पुरै बेलायतमा शासन गरिरहेको संसदवादीहरुसँग माग गरे । यस मागलाई उनीहरुले वास्ता गरेनन् ।

कुनै क्षतिपुर्ति नदिइएपछि डचले बेलायतको हिस्सा रहेको सिसिलीमा युद्ध घोषणा गरे । संसदवादीहरले यसमा पनि विजय हासिल गरे । डचहरु घर फर्किए तर कुनै सम्झौता भएन ।
त्यसको ३३५ वर्षपछि सन् १९८६ मा यो तथ्यलाई सीसीलीबासी र इतिहासविद रोय डनकनले पत्ता लगाए । यसपछि डच प्रतिनिधि शान्ति वार्ताका लागि टापू आए ।
यस क्रममा डच दूत जोनखीर हुईडेकपरले ठट्टा गर्दै भनेका थिए “यत्रो वर्ष हामीले जुन सुकै समय आक्रमण गर्नसक्छौं भन्ने डरमा बाच्न सीसीलीबासीहरलाई कति गा¥हो भयो होला !”
प्राचिन रोम र कारथेज
अझ विगतमा जाने हो भने प्राचिनकालमा १४६ इशापूर्वमा भएको प्युनिक युद्धमा रोमले कारथेजलाई कब्जा गरेर ध्वस्त बनाएपछि रोम र कारथेजबीचमा शान्ति सम्झौता हुन पाएन ।

लगभग २१०० वर्ष पछाडि सन् १९८५ मा आधुनिक रोम र कारथेज(हालको ट्युनिसको एक उनगर) नगरका मेयरहरुले एक शान्ति सम्झौतामा हस्ताक्षर गरेर यो युद्धलाई औपचारिक अन्त्य गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण