टर्कीमा सैन्य विमान दुर्घटना : २ सैनिकको मृत्यु
मङ्गलबार, २२ जेठ २०८१, १८ : ३४
काठमाडौँ । टर्कीमा सैन्य तालिमका क्रममा विमान दुर्घटना हुँदा २ सैनिकको मृत्यु भएको छ ।
मङ्गलबार मध्य टर्की प्रान्त केसेरीमा सैन्य तालिमका क्रममा भएको विमान दुर्घटनामा दुई सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।
वायुसेना कमाण्डको प्रशिक्षण विमान तालिम/परीक्षणको लागि केसेरीको १२ औं एयर ट्रान्सपोर्टेशन मेन बेस कमाण्डबाट उडेको थियो । अज्ञात कारणले दुर्घटनामा परेको बताइएको छ ।
स्थानीय गभर्नरका अनुसार विमान कासेरी प्रान्तको कोकासिनान जिल्लाको हसन अर्पा छिमेकमा दुर्घटनाग्रस्त भएको थियो । -सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण