टर्कीमा सैन्य विमान दुर्घटना : २ सैनिकको मृत्यु
मङ्गलबार, २२ जेठ २०८१, १८ : ३४

काठमाडौँ । टर्कीमा सैन्य तालिमका क्रममा विमान दुर्घटना हुँदा २ सैनिकको मृत्यु भएको छ ।
मङ्गलबार मध्य टर्की प्रान्त केसेरीमा सैन्य तालिमका क्रममा भएको विमान दुर्घटनामा दुई सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले जनाएको छ ।
वायुसेना कमाण्डको प्रशिक्षण विमान तालिम/परीक्षणको लागि केसेरीको १२ औं एयर ट्रान्सपोर्टेशन मेन बेस कमाण्डबाट उडेको थियो । अज्ञात कारणले दुर्घटनामा परेको बताइएको छ ।
स्थानीय गभर्नरका अनुसार विमान कासेरी प्रान्तको कोकासिनान जिल्लाको हसन अर्पा छिमेकमा दुर्घटनाग्रस्त भएको थियो । -सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी