नेपालमा वुलिङ्ग बिङ्गो इभीको पहुँच बढाउन नबिल बैंकसँग साझेदारी
काठमाडौँ । नेपालमा विद्युतीय गाडी वुलिङ्गको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले आफ्ना समस्त ग्राहकहरुलाई उत्कृष्ट वित्तिय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ। वुलिङ्ग बिङ्गो इभिमा रुचि राख्ने नेपाली ग्राहकहरुको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ।
चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङ्गले सेनाका उपकरणहरू मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टरहरु उत्पादन गर्ने काम गरेको थियो। १९८० को दशकमा मित्सुबिशीसँग साझेदारी गर्दै वुलिङ्गले गाडी उत्पादनमा प्रवेश गरेको थियो ।
२०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै बिक्री हुने सानो इलेक्ट्रिक कारको रुपमा ख्याति कमाएका यी गाडीहरु २०२३ को शुरुवातमा १.१ मिलियन भन्दा बढी बिक्री भएको थियो। आज वुलिङ्गले गुआङ्क्सी अटोमोबाइल समूह अन्तर्गत बिजुली र जीवाश्म इन्धन पिकअपहरु र व्यावसायिक सवारीहरु उत्पादन गर्दछ।
यो साझेदारीसँगै ग्राहकहरुले अब नबिल बैंकको उत्कृष्ट वित्तिय सुविधाहरुबाट लाभान्वित हुन सक्नेछन् । जसमा ७ वर्षसम्मको फ्लोटिंग ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशत सम्मको फाइनान्सिङ्ग सुविधा लगायतका छन्। ग्राहकहरूले ५ वर्षको लागि ९.९९ प्रतिशत र ७ वर्षको लागि १०.४९ प्रतिशतको स्थिर ब्याज दरहरु, वा आधार दर प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याज दर (१–३ प्रतिशत को प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधार दर) बिच छनौट गर्न सक्नेछन् ।
बैंकले व्यक्तिगत कर्जाको लागि भ्याट बिलको ८० प्रतिशत सम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ्ग गर्नेछ, जसको वित्तिय सीमा रु २५ लाख रहेको छ। अटो लोनको अवधि बैंकको नीति अनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फि सहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्छ।
प्यारामाउन्ट मोटर्स प्रालिका प्रवक्ता भन्छन्,'हामी हाम्रा ग्राहकहरूलाई वुलिङ्ग बिङ्गो इभिको लागि सहज र सुलभ वित्तिय सुविधाहरु प्रदान गर्न नबिल बैंकसँग साझेदारी गर्न पाउँदा हर्षित छौं। नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न र वुलिङ्ग बिङ्गो ईभीलाई सबैको लागि पहुँचयोग्य बनाउने हाम्रो मिशनमा यो सहकार्य एउटा महत्वपूर्ण कोसेढुङ्गा हो।'
वुलिङ्ग नेपाल र नबिल बैंक विद्युतीय सवारी साधन खरिद गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउँदै ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्न प्रतिबद्ध छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण