सहकारी छानबिन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छ : प्रमुख सचेतक बर्तौला
बुधबार, २३ जेठ २०८१, १८ : ५९
काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताएका हुन् । उनले समितिमा एमालेको भूमिकाप्रति आशंका गर्नेहरूले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरू सचेत रहेको बताए । उनले समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने बताए ।
प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरी तोकिएकै समयमा प्रतिवेदन पेस गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण