अस्ट्रेलियाले ओमानलाई दियो १६५ रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा अन्तर्गतको जारी खेलमा अस्ट्रेलियाले ओमानलाई जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । क्यारेबियन राष्ट्र बार्बाडसको जर्जटाउनस्थित केसिङ्टन ओभलमा भएको खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाउन सफल भयो ।
अस्ट्रेलियाका स्टोइनिसले अविजित रहँदै सर्वाधिक ६६ रन बनाए। वार्नरले ५४ रन प्रहार गरे भने कप्तान मिचर्ल मार्श १४, ट्राभिस हेड १२ र टिम डेविड १० रनमा आउट हुँदा ग्लेन मैक्सवेलले खाता खोल्न सकेनन्।
ओमानका मेहरान खानले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। बिलाल खान र कलीमउल्लाहले समान एक विकेट लिए।
अस्ट्रेलिया र ओमान प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । त्यो समूहमा नामिबिया, स्कटल्यान्ड र साबिक विजेता इङ्ल्यान्ड पनि छन् । समूह ‘बी’ अन्तर्गत खेल्न लागिएको यो तेस्रो खेल हो । यसअघि खेलिएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो ।
इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । नामिबिया दुई अङ्कसहित पहिलो, स्कटल्यान्ड एक अङ्कसहित दोस्रो र इङ्ल्यान्ड एक अङ्कसहित तेस्रो स्थानमा आसीन छन् । अस्ट्रेलियाले भने पहिलो खेल खेल्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै उद्योगले लिने धेरै सुविधा पुनरावलोकन गर्न महालेखाको सुझाव
-
कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द
-
महालक्ष्मीको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?