अस्ट्रेलियाले ओमानलाई दियो १६५ रनको लक्ष्य
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा अन्तर्गतको जारी खेलमा अस्ट्रेलियाले ओमानलाई जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । क्यारेबियन राष्ट्र बार्बाडसको जर्जटाउनस्थित केसिङ्टन ओभलमा भएको खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाउन सफल भयो ।
अस्ट्रेलियाका स्टोइनिसले अविजित रहँदै सर्वाधिक ६६ रन बनाए। वार्नरले ५४ रन प्रहार गरे भने कप्तान मिचर्ल मार्श १४, ट्राभिस हेड १२ र टिम डेविड १० रनमा आउट हुँदा ग्लेन मैक्सवेलले खाता खोल्न सकेनन्।
ओमानका मेहरान खानले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। बिलाल खान र कलीमउल्लाहले समान एक विकेट लिए।
अस्ट्रेलिया र ओमान प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । त्यो समूहमा नामिबिया, स्कटल्यान्ड र साबिक विजेता इङ्ल्यान्ड पनि छन् । समूह ‘बी’ अन्तर्गत खेल्न लागिएको यो तेस्रो खेल हो । यसअघि खेलिएको खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा हराएको थियो ।
इङ्ल्यान्ड र स्कटल्यान्डबिचको खेल भने वर्षाका कारण रद्द भएको थियो । नामिबिया दुई अङ्कसहित पहिलो, स्कटल्यान्ड एक अङ्कसहित दोस्रो र इङ्ल्यान्ड एक अङ्कसहित तेस्रो स्थानमा आसीन छन् । अस्ट्रेलियाले भने पहिलो खेल खेल्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण