टी–२० विश्वकपका भाग्यमानी कप्तान
बिहीबार, २४ जेठ २०८१, १४ : २२
काठमाडौँ । हालसम्म दुई पटक आईसीसी टी–२० विश्वकपको उपाधि जित्ने कप्तान एक जना मात्र छन् । उनी हुन्, वेस्ट इन्डिजका ड्यारेन सामी । सामीकै कप्तानीमा वेस्ट इन्डिजले दुई पटक टी–२० विश्वकपको उपाधि जितेको थियो ।
यस्तो उपलब्धि अन्य कप्तानले हासिल गर्न सकेका छैनन् । वेस्ट इन्डिजले सन् २०१२ मा विश्वकपको उपाधि जित्दा सामी टोलीका कप्तान थिए । त्यतिबेला फाइनलमा वेस्ट इन्डिजले श्रीलंकालाई ३६ रनले हराएको थियो ।
यसैगरी सन् २०१६ मा वेस्ट इन्डिजले दोस्रोपटक टी–२० विश्वकपको उपाधि उचाल्दा पनि सामी नै टोलीका कप्तान थिए । त्यतिबेला सामीकै कप्तानीमा वेस्ट इन्डिजले फाइनलमा इङ्ल्यान्डलाई चार विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण