पुष्पा-२ अढाई महिनामा रिलिज होला ?
हैदरावाद । दक्षिण भारतका सुपरस्टार अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म हो पुष्पा २ । यो फिल्मलाई अगस्ट १५ मा रिलिज गर्ने मेकरहरुको योजना छ । यतिबेला हैदरावादमा फिल्मको सुटिङ चलिरहेको छ । तर त्यहाँको मौसम अचेल राम्रो छैन । दिनहुँको वर्षाका कारण ‘पुष्पा २’ को सुटिङ प्रभावित भइरहेको छ ।
फिल्मका नायक अल्लु अर्जुन र खलनायक फहद फासिलको दृश्यको छायाङ्कन अब सुरु भएको छ । फिल्मका अन्य महत्त्वपूर्ण पात्रको सुटिङ पनि पूरै सकिएको छैन । अहिलेको पारामा फिल्मको सुटिङले अगस्ट १५ मा पूर्व निर्धारित समयमा फिल्म रिलिज नहुने संकेत गरिरहेको छ ।
हैदराबादबाट फिल्मबारे आइरहेको पछिल्लो अपडेटले हिन्दी सिनेमाका फिल्ममेकरहरूमा बेचैनी बढाइरहेको छ । पुष्पा २ सँग नजुधोस् भनेर यिनीहरूले आफ्नो फिल्मको रिलिज डेट हेरफेर गरेका थिए । यतिबेला पुष्पा–२ को सुटिङ शेड्युलमा उतारचढाव आइरहेको बताइएको छ ।
‘पुष्पा २’ रिलिज हुन अब साढे दुई महिना मात्रै समय बाँकी छ र फिल्मको छायाङ्कन पूरा भइसकेको छैन । फिल्ममा मुख्य खलनायक बनेका मलयालम अभिनेता फहद फासिलले अहिले धेरै फिल्म एकैसाथ गरिरहेका छन् । यतिबेला फिल्ममा फहद र अल्लुबीच केही महत्त्वपूर्ण दृश्य छायाङ्कन भइरहेको छ ।
वास्तविक समस्या सुनील, राव रमेश र अनसूयालगायत अन्य कलाकारसँगको दृश्यको छायाङ्कनमा आइरहेको बताइएको छ । जानकारीका अनुसार साउथ सिनेमाका चर्चित कलाकार सुनिल, राव रमेश र अनसूयाको सुटिङ सेड्यूल मेकरहरूले रोकिराखेका छन् ।
चलचित्रका निर्देशक सुकुमारले निर्धारित समयअनुसार छिट्टै छायाङ्कन सक्न अल्टिमेटम दिएका छन् । फिल्मको छायाङ्कन पूरा गर्न टिमले दिनरात काम गरे भनेचाहिँ फिल्म अगस्ट १५ मा हलमा आउन सम्भव भएको बताइएको छ । फिल्मका केही दृश्यको छायाङ्कन दोहोर्याएर भइरहेको छ ।
यसले गर्दा पनि समस्या उत्पन्न भएको बताइएको छ । छायाङ्कन भइसकेका केही दृश्यमा कमीकमजोरी देखिएपछि प्याच वर्क पनि भइरहेको छ । फहद फासिलले निभाएका पात्रको ठुलो हिस्साको पनि छायाङ्कन हुन बाँकी रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण