'सी' जातिको कानुनी मान्यताको माग राख्दै युवा सङ्गठनले बुझाए प्रधानमन्त्रीलाई ५ लाख हस्ताक्षर
काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले 'सी' जातिलाई कानुनी मान्यता माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५ लाख हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगी सङ्गठनका केन्द्रीय अध्यक्ष दिनेश 'सी' सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । जेठ १५ देखि १८ गतेसम्म देशभर चलेको हस्ताक्षर अभियानबाट सङ्कलित ५ लाख भन्दा बढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर युवाहरूको टोली बालुवाटार पुगेको हो ।
युवा सङ्गठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातीय व्यवस्था उन्मुलन गरेर सबै जातजाति भाषाभाषीहरुलाई कानुनी मान्यतासहित 'सी' जातिको निर्माण गर्ने विचार आफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएकोले यसलाई अगाडि बढाउन अनुरोध गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले कानुन संशोधन गरेर मात्रै यो प्रक्रिया अगाडि बढाउन मिल्ने भएकोले सबै एकजुट भएर अगाडि बढे मात्रै यो सम्भव हुने प्रतिक्रिया दिएको बुझिएको छ ।
विप्लव नेकपाले महाधिवेशन पछि सी जातिको अवधारणा अगाडि सारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण