काठमाडौँ विश्वविद्यालयमा नेविसंघले थाल्यो रिले अनसन
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँ विश्वविद्यालयमा रिले अनसन गर्दै आएको छ। विश्वविद्यालयमा अनियमितता तथा अमर्यादित कार्य भइरहेको भन्दै नेविसंघले त्यसका विरुद्धमा रिले अनसन थालेको हो।
लामो समयदेखि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै आए तापनि विश्वविद्यालय प्रशासनले कुनै किसिमको समाधान गर्ने बाटो नखोजेकोले नेविसंघले रिले अनसन सुरु गरेको जनाएको छ।
लामो समय सम्मको छलफल र सहमतिको बाबजुद समस्या समाधानको प्रक्रियालाई प्राथमिकतामा नराखी मनोमानी ढङ्गले विश्वविद्यालयका सम्वेदनशील अङ्गहरू चलेको हुनाले रिले अनसन सुरु गरिएको नेपाल विद्यार्थी सङ्घका अध्यक्ष गणेश थापाले जानकारी दिए।
विश्वविद्यालय तथा विद्यार्थीहरूको हितका लागी विभिन्न समस्या तथा मुद्दाहरू लिएर प्रशासन समक्ष उपस्थित हुँदा समेत बेवास्ता गरेको उनको भनाइ छ।
नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालय कार्यसमितिका सचिव सुघोष ढुङ्गेल, सचिव प्रशान्त कँडेल, नेविसंघले काभ्रे जिल्ला उपाध्यक्ष सौरभ थापा, नेविसंघ काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका अध्यक्ष नोएल भट्टराई लगायतका विद्यार्थी नेताहरूले अनसन थालेका हुन्।
अनसनको नेतृत्व सचिव ढुङ्गेल र स्कुल अफ इन्जिनियरिङका अध्यक्ष भट्टराईले गरिरहेका छन्। समस्याको समाधान नगरिएसम्म रिले अनसनको अन्त्य नहुने संयोजक नोएल भट्टराईले बताए । नेविसंघले विभिन्न मागहरू अघि सारेर विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको थियो । तर, माग सम्बोधन गर्नुको साटो बेवास्ता गर्दै आएको नेविसंघको दाबी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण