संसदीय समितिमा विद्युत् आपूर्तिमा लापरबाही, बैठकका अभिलेखमा गडबड
काठमाडौँ । सिंहदरबारस्थित संसद् सचिवालयमा शुक्रबार ६ वटा संसदीय समितिका बैठक थिए । बिहान ११ बजे र साढे ११ बजे सुरु भएका समितिका बैठकहरूमा पटक पटक बत्ती जाने र आउने गर्दा बैठकमा समस्या उत्पन्न भएको थियो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक थियो ।
समितिहरूमा विभिन्न विषयमा भएका महत्त्वपूर्ण छलफलका लागि विभिन्न मन्त्रालयबाट मन्त्री, सचिव लगायतका व्यक्तित्वहरू सहभागी थिए । तर पटकपटक बत्ती जाने आउने गर्दा छलफलको रेकर्ड (अभिलेख)मा नै गडबडी भएको छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा अर्थमन्त्री वर्षमान पुन, गृहमन्त्री रवि लामिछाने र विभिन्न मन्त्रालयका सचिव, सहसचिव लगायत विभिन्न क्षेत्रबाट आएका विज्ञहरूबिच गाँजा खेती खुला गर्ने विषयमा छलफल थियो । छलफलको सुरुमा गाँजाविद् डा।पन्नाकाजी महर्जन बोल्दा झन्डै १० मिनेट बत्ती गयो । त्यस्तै पूर्वमन्त्री शेरबहादुर तामाङ बोल्ने क्रममा पनि झन्डै ८ मिनेट बत्ती गयो ।
अर्थमन्त्री पुन बोल्ने बेलापनि बत्ती गयो भने अन्य केही वक्ता बोल्नेक्रममा पनि बत्ती जाने आउने गर्यो । यसरी विद्युत् आपूर्तिमा भएको गडबडीले समितिमा भएको छलफलको अभिलेख अर्थात रेकर्डिङमा पनि गडबडी भएको छ । भोलिका दिनमा सो समितिमा भएको छलफलको अभिलेख पूर्ण रूपमा पाउन कठिन भएको छ । विद्युत् आपूर्तिमा भएको गडबडीले अन्य समितिका बैठकका अभिलेख राख्ने काममा प्रभाव परेको छ ।
यता संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले सचिवालयसँग बत्ती गएका बेला प्रयोग गर्न जेनेरेटर रहेको बताए । बत्ती जाने आउने गर्दा प्राविधिकलाई जेनेरेटरबाट सम्बन्धित समितिमा विद्युत् आपूर्तिमा समस्या आएको हुनसक्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण