एकीकृत समाजवादीनिकट युवा संघभित्र विवाद
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सो पार्टी निकट युवा सङ्घ नेपाल भित्रको विवादले तीव्र रूप लिएको छ । युवा संघभित्र संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल समूहबिच विवाद चर्किएको हो । असन्तुष्ट पौडेल समूहले आज राष्ट्रिय भेला गरी नेतृत्व तोकेको छ । जसमा संयोजक नितेश पौडेल र सहसंयोजक फुर्बा लामा भएका छन् ।
संयोजक विक पार्टीका सम्मानित नेता झलनाथ खनाल निकट हुन् भने सहसंयोजक पौडेल अध्यक्ष माधव नेपालका भान्जा हुन् । पौडेल पक्षले भेला बोलाएपछि संयोजक विकले विज्ञप्ति निकालेर युवा संघले कुनै भेला नबोलाएको जानकारी दिएका थिए ।
‘पार्टीको महाधिवेशन नजिकिँदै गर्दा यस्ता गुटगत भेलाले पार्टी आन्दोलन र सङ्गठनलाई कमजोर बनाउँछ । यस प्रकारका गतिविधिले महाधिवेशन प्रभावित पार्ने र नेता कार्यकर्ताबिच असहिष्णुता पैदा गर्दछ । नेता कार्यकर्तालाई पार्टीविरुद्ध भइरहेको षड्यन्त्रबाट सचेत हुँदै आसन्न महाधिवेशन सफल बनाउन जिम्मेवारीपूर्वक लाग्न निर्देशन गर्दछु,’ विकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
अराजक साथीहरूलाई पार्टी र सङ्गठनले कारबाही गर्ने संघका नेता सुशील भट्टराईले बताए । नेकपा (एस) को महाधिवेशन यही असार १६ देखि २० गते काठमाडौँमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण