मन्त्री बुढाद्वारा सभा हलको निरीक्षण
काठमाडौँ । सहरी विकास मन्त्री धनबहादुर बुढाले चितवनको सौराहामा निर्माण गरिएको सभा हलको अनुगमन तथा निरीक्षण गरेका छन् । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाई चितवनले सौराहामा निर्माण गरेको एक हजार सिट क्षमताको उक्त सभा हलको शनिवार मन्त्री बुढाले निरीक्षण गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनपछि उद्घाटन गर्ने कार्यक्रम तय भएपछि सभा हलको निर्माण सम्पन्नपछिको अवस्थाका साथै त्यसको गुणस्तरबारे निरीक्षण एवं अवलोकनका लागि मन्त्री बुढा चितवन पुगेका हुन् । सभा हलको अनुगमन गर्दै मन्त्री बुढाले सरकारी एवं निजी क्षेत्रबाट गरिने विभिन्न महत्त्वपूर्ण कार्यक्रमका लागि सभाहल उपयोगी हुने भन्दै सरकारले अन्य जिल्लामा पनि सभाहल निर्माणको कामलाई प्राथमिकता दिएको उल्लेख गरे।
पर्यटकीय नगरी सौराहामा निर्माण भएको एक हजार सिट क्षमताको सभाहलले ठुला खाले कार्यक्रम गर्न अझै सहज हुने भन्दै समग्र चितवनको विकासमा यसले महत्त्वपूर्ण योगदान दिने बताए।
मन्त्री बुढाले इस्टिमेट डिजाइन अनुसार अन्तिमसम्मको काममा गुणस्तर कायम राख्न तथा केही दिनमै हस्तान्तरण गर्ने गरि काम सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका थिए । सभा हलको निरीक्षण गरी मन्त्री बुढा शनिबारै काठमाडौँ फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण