रातोपाटीले मनायो ११ औँ वार्षिकोत्सव
काठमाडौँ । डिस्कभरी नेटवर्क प्रालिद्वारा सञ्चालित रातोपाटी डट कमले स्थापनाकालको ११ औँ वार्षिकोत्सव मनाएको छ । आइतबार ललितपुरमा एक कार्यक्रममा संस्थाका अध्यक्ष विजय शर्मा र संस्थापक ओम शर्माले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
सो अवसरमा संस्थापक शर्माले स्थापनाकाल देखिनै रातोपाटीले जनताको पक्षमा सशक्त आवाज उठाउँदै आएको र भविष्यमा पत्रकारिताको विश्वविद्यालयको रूपमा रातोपाटीलाई विकास गर्ने पनि बताए ।
रातोपाटीलाई अन्य मिडियाभन्दा फरक रूपमा यहाँसम्म ल्याउन यस संस्थामा कार्यरत सञ्चारकर्मीहरूको मुख्य भूमिका रहेकोमा उनले धन्यवाद दिए ।
रातोपाटी डटकमले २०७० जेठ २७ देखि आफ्नो यात्रा आरम्भ गरेको थियो । रातोपाटीले नेपालीका साथै अंग्रेजी, प्रदेश र प्रवास संस्करणमार्फत समेत पाठकलाई समाचार, खेल, फिचर, अन्तरवार्ता, विश्लेषण, ब्रेकिङसहितका समाचार प्रसारित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण