शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी वार्षिकोत्सव

रातोपाटीले मनायो ११ औँ  वार्षिकोत्सव

आइतबार, २७ जेठ २०८१, २१ : ४४
आइतबार, २७ जेठ २०८१

काठमाडौँ । डिस्कभरी नेटवर्क प्रालिद्वारा सञ्चालित रातोपाटी डट कमले स्थापनाकालको ११ औँ वार्षिकोत्सव मनाएको छ । आइतबार ललितपुरमा एक कार्यक्रममा संस्थाका अध्यक्ष विजय शर्मा र संस्थापक ओम शर्माले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

सो अवसरमा संस्थापक शर्माले स्थापनाकाल देखिनै रातोपाटीले जनताको पक्षमा सशक्त आवाज उठाउँदै आएको र भविष्यमा पत्रकारिताको विश्वविद्यालयको रूपमा रातोपाटीलाई विकास गर्ने पनि बताए ।

रातोपाटीलाई अन्य मिडियाभन्दा फरक रूपमा यहाँसम्म ल्याउन यस संस्थामा कार्यरत सञ्चारकर्मीहरूको मुख्य भूमिका रहेकोमा उनले धन्यवाद दिए ।

रातोपाटी डटकमले २०७० जेठ २७ देखि आफ्नो यात्रा आरम्भ गरेको थियो । रातोपाटीले नेपालीका साथै अंग्रेजी, प्रदेश र प्रवास संस्करणमार्फत समेत पाठकलाई समाचार, खेल, फिचर, अन्तरवार्ता, विश्लेषण, ब्रेकिङसहितका समाचार प्रसारित गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप