इजरायल र हमास संयुक्त राष्ट्रसंघको कालोसूचीमा
काठमाडौं । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ ।
सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट हाउस नजिकै इजरायल विरोधी प्रदर्शन गरे भने इजिप्ट, इरान, इराक, कतार र लेबनानमा पनि हिंसात्मक प्रदर्शनहरू भएका छन् ।
प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति बाइडेनको समेत विरोध गरेका छन् । गाजामा हमासविरुद्ध इजरायलको आक्रमणमा सहयोग पुर्याएको भन्दै उनीहरूले अमेरिकी सरकार र राष्ट्रपति बाइडेनको विरोध गरेका थिए । उनीहरूले ‘बालबालिकामा बम विस्फोट गर्नु आत्मरक्षा होइन’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।
इजरायलविरुद्ध निस्किएका विरोध र्यालीहरूमा सयौँ मानव अधिकारवादी र सर्वसाधारणको संलग्नता रहेको छ । सो घटनालाई लिएर संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई पनि मानवअधिकार उल्लंघनको आरोपमा कालोसूचीमा राखेको छ ।
युद्धग्रस्त गाजा क्षेत्रमा बालबालिकाविरोधी कार्य भएको र गम्भीर मानव अधिकार उल्लङ्घन भएको भन्दै राष्ट्र संघले यस्तो कारबाही गरेको जनाएको छ । इजरायल पहिलोपटक यस्तो कारबाहीमा परेको हो । यसअघि रुस, अफगानिस्तान, इराक, म्यानमार, सोमालिया, यमन, सिरिया, आतंकवादी संगठन आइएस, अलकायदा र बोको हराम राष्ट्रसंघको कालोसूचीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण