हिजो शपथ लिएका मोदीका यी मन्त्री किन छाड्न चाहन्छन् पद ?
नयाँ दिल्ली । केरलबाट भाजपाका पहिलो सांसद बनेका अभिनेता तथा गायक सुरेश गोपीले मन्त्री पद छाड्ने आशयको धारणा व्यक्त गरेका छन् । आइतबार मात्रै उनले केन्द्रीय राज्य मन्त्रीको शपथ लिएका थिए ।
शपथ ग्रहण गरेपछि दिल्लीमा एक क्षेत्रीय च्यानलसँग कुराकानी गर्ने क्रममा गोपीले आफूले मन्त्री पद नमागेको अनि चाँडै नै आफूलाई मन्त्री पदबाट मुक्त गरिने आशा व्यक्त गरेका थिए ।
आफूले फिल्महरू साइन गरेको र ती फिल्म पूरा गर्नै पर्ने भएकोले मन्त्री पद छाड्न लागेको उनले बताए । ‘म त्रिशूरको सांसदको रूपमा काम गर्नेछु,’ गोपीले भनेका छन् । गोपीले त्रिशूर संसदीय क्षेत्रबाट जीत हासिल गरेका थिए । उनी सो क्षेत्रबाट भाजपाका पहिलो सांसद हुन् । गोपीले भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का उम्मेदवार वी एस सुनीलकुमारलाई ७४ हजार ६८६ मतले हराएका थिए ।
आफ्नो उद्देश्य सांसदको रूपमा मात्रै काम गर्ने भएको उनको भनाइ छ । ‘मैले त केही मागेको पनि थिइनँ । मलाई लाग्छ कि म छिट्टै पदमुक्त हुनेछु.....त्रिशुरका मतदाताहरूलाई कुनै समस्या छैन । म सांसदको रूपमा उनीहरूका लागि साँच्चै राम्रो काम गर्नेछु भन्ने उनीहरुले बुझेका छन् । मलाई कुनै पनि मूल्यमा आफ्नो फिल्म गर्नुछ,’ गोपीले भनेका छन् ।
अघिल्लो निर्वाचनमा त्रिशूर सिटमा कांग्रेसले जितेको थियो । लोकसभा सांसद निर्वाचित हुनु अघि नै गोपी राज्यसभा सांसद भइसकेका थिए । सन् २०१६ मा उनलाई राज्य सभामा मनोनीत गरिएको थियो । उनको सो कार्यकाल सन् २०२२ सम्म रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण