टाटा टियागो इभीको मूल्य कति बढ्ला ?
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत कर वृद्धि गरेसँगै विद्युतीय सवारीको मूल्य बढ्ने निश्चित जस्तै छ । राजश्वको लक्ष्य बढाउँदै सो लक्ष्य पुरा गर्ने उद्देश्यसहित विद्युतीय सवारीमा कर वृद्धि गरेपछि त्यसको असर उपभोक्ता मूल्यमा समेत पर्ने भएको हो ।
यससँगै विद्युतीय सवारीको बिक्री मूल्य स्वतः बढ्ने व्यापारीको भनाइ छ । पुनले विद्युतीय सवारीमा ५ देखि २० प्रतिशतसम्म कर बढाउने घोषणा गरेका थिए । यद्यपि यो घोषणापछि व्यापारीले हालसम्म बढेको मूल्य सार्वजनिक गरेका छैनन् ।
यो निर्णयबाट टाटा टियागो ईभीको मूल्य समेत बढ्ने बताइएको छ । हाल बजारमा २६ लाख ४९ हजार रुपैयाँदेखि २८ लाख ९९ हजार रुपैयाँसम्म पर्ने टाटा टियागो ईभीको मूल्य बढ्ने भएको हो । कर वृद्धिको आँकडा हेर्दा २ देखि साढे २ लाख रुपैयाँसम्म मूल्य बढ्ने देखिएको छ ।
कम्पनी भने कर वृद्धिको प्रभावका कारण मूल्य बढ्दा उपभोक्तालाई समस्या पर्नेमा चिन्तित छ । सोही कारण, कर वृद्धिबाट बढ्ने मूल्यलाई समायोजनको आन्तरिक तयारी भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण