मनसुनमा बढी वर्षा हुने, पानी निकासको उचित व्यवस्था गर्न किसानलाई सुझाव
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सबै बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको छ । नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिनअनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न बालीको लागि जग्गा तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको हो ।
सोमबारदेखि भित्रिएको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको सुरुवातमा सुक्खा तथा उत्तरा क्षेत्रमा बढी पानी पर्ने देखिएकाले सुक्खा र डुबान सहन सक्ने सिफारिस गरिएका धानका जातहरू रोपाइँ गर्न नार्कले सुझाएको छ ।
खासगरी मध्य पहाडी क्षेत्रमा अत्यधिक वर्षाले निम्त्याउन सक्ने बाढी, पहिरोको जोखिम नियन्त्रणका लागि कृषि कार्य गर्दा गरो–कान्ला खेती प्रणालीलाई प्राथमिकता राख्न नार्कले किसानलाई सुझाव दिएको छ । यस्तै, संरक्षित संरचना (प्लास्टिक घर) निर्माण गरी खेती गर्न तयारी गर्ने किसानहरूले यस्ता संरचना बनाउँदा पानी नजम्ने स्थान छान्नुपर्ने पनि नार्कले प्रस्ट पारेको छ ।
साथै यस्ता संरचनाभित्र खेती गरिरहेका कृषकले संरचनाहरूको निरीक्षण गरी मनसुनपूर्व आवश्यक मर्मत–सम्भार कार्य गर्न समेत सो बुलेटिनमा सुझाइएको छ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू–भागमा सोमबार भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण