बजेटको अभावमा सवारी दुर्घटना न्यूनीकरणको काम प्रभावकारी हुन सकेन : महासेठ
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यवाहक प्रधानमन्त्री महासेठले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी पनि गरे । उनले संविधान अनुसार सडकमा हुने दुर्घटना न्यूनीकरणको काम प्रदेश सरकारलाई जिम्मा दिइएको र सङ्घीय सरकारले त्यसका लागि आवश्यक ऐन, कानुन बनाउने काम गरिरहेको बताए । कार्यवाहक प्रधानमन्त्री महासेठले सवारी साधन अनुमति पत्र (लाइसेन्स) दिन काममा पनि प्रदेश सरकारलाई सङ्घीय सरकारले हस्तक्षेप नगर्ने बताए ।
कार्यवाहक प्रधानमन्त्री महासेठले सङ्घीय सरकारले सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पनि सक्दो काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण