गाजामा युद्धविरामको प्रयास तीव्र
सोमबार, २८ जेठ २०८१, १७ : १८
कायरो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजिप्ट पुगेका छन् । गाजा युद्ध सुरु भएयता मध्यपूर्वमा उनको यो आठौं भ्रमण हो । यस तीन दिने भ्रमणमा ब्लिन्केनको पहिलो बिसौनी इजिप्ट हो । ब्लिन्केनको भ्रमणको उद्देश्य गाजामा युद्धविराम प्रयासहरूको लागि समर्थन जुटाउनु भएको बताइएको छ । भ्रमणका क्रममा उनले अरब जगतका नेताहरूलाई शान्ति सम्झौताको मस्यौदा स्वीकार गर्न हमासलाई दबाब दिन अपील गर्नेछन् ।
गत महिनाको अन्त्यमा अमेरिकी राष्ट्रपति जो बाइडेनले शान्ति सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने घोषणा गरेका थिए । ब्लिन्केन सोमबार नै इजरायल पुग्ने छन् ।
यहाँ उनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेट्ने छन् । अमेरिकीहरू बिन्यामिन नेतान्याहुसँग निराश रहेको ब्लिन्केनसँगै यात्रा गरिरहेका बीबीसीका एक संवाददाताले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण