गोरखाको दर्बुङ फाँट–कुलवेशी सडक खण्डमा कालोपत्रे सुरु
काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिकास्थित दर्बुङ फाँटदेखि कुलवेशी सडक खण्ड कालोपत्रे गर्न सुरु भएको छ ।
कूल ९.१६० किलोमिटर सडक खण्डमा दर्बुङ फाँटदेखि लाकुरी भन्ज्याङ, रानिस्वरा, दल भन्ज्याङ हुँदै कुलवेशी खण्डमा आसप्लान्ट कालोपत्र सुरु भएको हो ।
प्रतिनिधिसभाका निवर्तमान सदस्य हरिराज अधिकारीको पहलमा सुरुङ भएको कालोपत्रेको ठेक्का लागत २८ करोड ४ लाख ९२ हजार १७४ रुपैयाँ (भ्याटसहित) हो । कूल बजेट ४० करोड रुपैयाँ विनियोजन भए पनि ठेक्का कबुल भने २८ करोड ४ लाख ९२ हजार रुपैयाँमा भएको हो ।
२०७९ असार २० गते भएको सम्झौताअनुसार रायमाझी नव कान्तिपुर जोइन्ट भेन्चरले कालोपत्रेको काम गरिरहेको छ । सडक विभाग, संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय ११ किलो छेपेटार भालुस्वरा बारपाक सडक योजनाको कार्यालयले कालोपत्रेको ठेक्का अघि बढाएको थियो ।
गण्डकी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पहलमान बयलकोटीले यो सडक सम्पन्न भएसँगै वडावासीमा खुसीयाली छाएको बताए ।
उनले भने, 'हाम्रो ३-४ वर्षदेखिको माग पूरा भएको छ । यसले समग्र वडा र पालिकाको पनि आए आर्जनमा सहयोग पुग्नेछ ।'
यो सडक समयमै पूरा गर्नुपर्छ भनेर आफू लगायत पालिका अध्यक्ष निरन्तर लागि परेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण