पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि निःशुल्क औषधि वितरण
विराटनगर महानगरपालिकाले पशुपालक किसानलाई पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि निःशुल्क औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नं १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवी नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो ।
त्यस क्षेत्रमा किसानले गाई, भैँसी र बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका छन् । आन्तरिक परजीवीका कारण उत्पादनमा नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको महानगरका पशुपंक्षी महाशाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । उनले पशुको गोबर जाँच गरी औषधि वितरण गरिएको बताए । उक्त वडामा ७६ घरपरिवारका दुई ३५ वटा पशुवस्तुलाई परजीवी नियन्त्रण एवं रोकथामका लागि निःशुल्क वितरण गरिएको छ । शिविरमा शाखाकी डा सरहाना सुवेदीले गाईभैँसीको स्वास्थ्य जाँच गरेकी थिइन् ।
यसैगरी महानगरमा दर्ता भएका ४० वटा पशुकृषि फर्मलाई परजीवी नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको छ भने यस वर्ष एक सय २१ किसानलाई हिउँदे र बर्से घाँसको बीउसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण