बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि निःशुल्क औषधि वितरण

सोमबार, २८ जेठ २०८१, २३ : ०१
सोमबार, २८ जेठ २०८१

विराटनगर महानगरपालिकाले पशुपालक किसानलाई पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि निःशुल्क औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नं १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवी नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो ।
 
त्यस क्षेत्रमा किसानले गाई, भैँसी र बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका छन् । आन्तरिक परजीवीका कारण उत्पादनमा नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको महानगरका पशुपंक्षी महाशाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । उनले पशुको गोबर जाँच गरी औषधि वितरण गरिएको बताए । उक्त वडामा ७६ घरपरिवारका दुई ३५ वटा पशुवस्तुलाई परजीवी नियन्त्रण एवं रोकथामका लागि निःशुल्क वितरण गरिएको छ । शिविरमा शाखाकी डा सरहाना सुवेदीले गाईभैँसीको स्वास्थ्य जाँच गरेकी थिइन् ।

 यसैगरी महानगरमा दर्ता भएका ४० वटा पशुकृषि फर्मलाई परजीवी नियन्त्रणको औषधि निःशुल्क वितरण गरिएको छ भने यस वर्ष एक सय २१ किसानलाई हिउँदे र बर्से घाँसको बीउसमेत निःशुल्क वितरण गरिएको शाखा प्रमुख यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप