सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

सेनामा जागिर नभएकालाई काठमाडौँ महानगरपालिकाले नगर प्रहरी बनाउने

मङ्गलबार, २९ जेठ २०८१, ०९ : १४
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं. ०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो । 

नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र काठमाडौँ महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । 

दरखास्त पेश गर्दा वैकल्पिक दर्ता नं खुलेको ढाँचा बमोजिमको निवेदन र र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

mmmm

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप