बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ

मङ्गलबार, २९ जेठ २०८१, १२ : ०१
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित तिन नम्बर ढाटबाट प्रहरीले ब्राउन सुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–५ घर भएका २४ वर्षीय विवेक राई छन् ।

उनको साथबाट १ ग्राम ३८ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

उनले भारतबाट लागु औषध लिएर नेपालतर्फ आएका हुन् । सोमबार दिउँसो बरामद लागु औषधबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप