सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छः देवेन्द्र पौडेल
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एर्व पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अपm्ठ्यारामा परेका सामूदायिक क्याम्पसहरुलाई मर्ज गरेर अगाडि बढाईयो भने उच्च शिक्षालाई सुधार्न सकिने सांसद पौडेलको भनाई थियो ।
उनले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिए । सांसद पौडेलले श्रम र सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराए ।
सांसद पौडेलले शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण