रुसी सैन्य विमान दुर्घटना हुँदा २ पाइलटको मृत्यु
रुस । उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रुसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार २ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।
सुखोई–३४ जेट “पहाडी क्षेत्रमा“ दुर्घटनाग्रस्त भएकाले जमिनमा कुनै क्षति नभएको एक विज्ञप्तिमा भनिएको छ ।
प्रारम्भिक अनुसन्धानबाट प्राविधिक समस्याका कारण दुर्घटना भएको आकलन गरिएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान सुरु गरेको बताइएको छ ।
पूर्व सोभियत जर्जियाको सिमानामा रहेको उत्तर ओसेटिया युक्रेनको फ्रन्ट लाइनबाट करिब आठ सय किलोमिटर टाढा छ ।
जुन–८ मा, क्षेत्रीय अधिकारीहरूले युक्रेनले मोजडोक सहर नजिकैको सैन्य हवाई क्षेत्रलाई ड्रोनले लक्षित गरेको तर तीमध्ये तिनलाई गोली हानेर खसालेको बताए । फब्रअरी २०२२ मा युक्रेनविरुद्ध रुसले सुरु गरेको विशेष सैन्य कारबाहीपछि उत्तरी ओसेटियामा भएको यो पहिलो आक्रमण हो । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण