राष्ट्रिय सभाबाट सुरक्षित कारोबार विधेयक सर्वसम्मत पारित
मङ्गलबार, २९ जेठ २०८१, १५ : ५३
काठमाडौँ । राष्ट्रिय सभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित गरेको छ । मंगलबार बसेको बैठकले पारित गरेको यो विधेयक गत फागुन ४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो ।
विश्वव्यापीकरण, आर्थिक उदारीकरण र सूचना प्रविधिमा आएको परिवर्तनले आर्थिक क्रियाकलापहरूको प्रकृति, प्रवृत्ति र पद्धतिमा समेत परिवर्तन आइरहेको बेला कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गर्ने कारोबार सम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन भन्दै सरकारले यो विधेयक दर्ता गरेको थियो ।
राष्ट्रिय सभाबाट पारित भएको यो विधेयक अव प्रतिनिधि सभामा प्रस्तुत हुनेछ । विषयगत समितिमा छलफल गरेर प्रतिनिधि सभाबाट पारित हुनुपर्नेछ ।
राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते दिउसो १ः १५ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण