बाराको बिटुमिन तथा ब्यारेल उद्योगमा आगलागी
बारा । बाराको जीतपुरसिमरा उपमहानगर–२१ स्थित नेपाल आयल निगम अम्लेखगञ्ज डिपोसँगै रहेको नेपाल बिटुमिन तथा ब्यारेल उद्योगमा आगलागी भएको छ । मंगलबार दिउँसो विद्युत् सर्ट भई आगलागी भएको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगका कर्मचारी ज्ञान भरोसी प्रसाद गुप्ताले अचानक विद्युत् सर्ट भएर आगलागी भएको बताए । उद्योगमा लागेको आगो नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीले २ घण्टापछि नियन्त्रणमा लिएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख चिरञ्जीवी दाहालले आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेका बताए । ‘अहिले के–के क्षति भयो भन्ने हामीले हेरिसकेका छैनाँै, उद्योगभित्र रहेका कच्चा पदार्थहरू जलेर नष्ट भएको भन्ने सूचना छ,’ उनले भने ।
आगलागी नियन्त्रण लिन नेपाल आयल निगम अक्लेखगञ्ज डिपो, जीतपुरसिमरा, कलैया र हेटौंडा उपमहानगरको दमकल प्रयोग गरिएको थियो ।
आयल निगमसँगै रहेको बिटुमिन तथा ब्यारेल उद्योगले सडक कालोपत्र गर्न प्रयोग गरिने कच्चा पदार्थ उत्पादन गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण