सीडीओलाई दिनुपर्छ भन्दै मिटरब्याज पीडितसँग पैसा उठाउने एक जना प्रहरीको नियन्त्रणमा
रौतहट । मिटर ब्याज पीडितसँग पैसा उठाएको आरोपमा रौतहट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ७ घर भएका भरोसी साह रहेका छन्। उनलाई पीडित संग पैसा लिइरहेकै अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता एवं डीएसपी एलिजा गिरीले बताइन् ।
आरोपी साहले सीडीओ र अन्य कर्मचारीलाई दिनुपर्छ भन्दै पीडितसँग ५० हजार रुपैयाँ माग गरेको थिए । पैसा लिइरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान गरी पीडितको पैसा फिर्ता गराएर आरोपी भरोसीमाथि ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको गिरीले जानकारी दिइन् ।
मिटरब्याज पीडितलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराइदिन्छु भन्दै सो बापत ५० हजार लिइरहेकै अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण