खेलकुद
टी–२० विश्वकप : नामिबियाले अस्ट्रेलियालाई दियो ७३ रनको लक्ष्य
बुधबार, ३० जेठ २०८१, ०७ : ५२
काठमाडौँ । टी–२० विश्वकपको बुधबार खेलिएको खेलमा नामिबियाले अस्ट्रेलियालाई जितका लागि केवल ७३ रनको झिनो लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा अलआउट हुनुअघि ७२ रनमात्र बनाउन सक्यो ।
नामिबियाका लागि कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाए । ओपनर माइकल भान लिङ्गेनले १० रन जोडे । नामिबियाका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अस्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १२ रन खर्चिएका थिए । जस हेजलउड र मार्कुस स्टोइनिसले पनि दुई–दुई विकेट हात पारे । प्याट कुमिन्स र नाथन एलिसले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण