बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
जसपा नेपाल महाधिवेशन

नेतृत्व चयनका लागि जसपा नेपालमा निर्वाचन प्रक्रिया सुरु

अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म मतदान
बुधबार, ३० जेठ २०८१, ०८ : ३५
बुधबार, ३० जेठ २०८१

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालमा नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । जनकपुरमा जारी एकता अधिवेशनको तेस्रो दिन आज बिहानदेखि निर्वाचन प्रक्रियाको सुरु गरिएको हो ।

पदाधिकारी तथा सदस्यहरूमा नेतृत्व चयनका लागि नोमिनेशन कार्यतालिका सार्वजनिक गरिएको छ । मतदाताहरूको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन कार्यतालिका मंगलबार राती नै सार्वजनिक गरिएको हो । 

सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकामा अपराह्नदेखि ४ बजेदेखि हुने निर्वाचनका लागि बिहान साढे ८ बजेदेखि मनोनयन (नोमिनेशन) को कार्यतालिका राखिएको छ । 

त्यसपछि उम्मेदवारको नामावली प्रकाशन १० बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जानकारी दिएको छ । पदाधिकारी तथा सदस्यहरूको मनोनयन पत्रमाथि दाबी विरोधका लागि १० बजेदेखि ११ बजेसम्मको समय तोकिएको छ । 

यसैगरी मनोनयन पत्र फिर्ता लिनका लागि साढे ११ बजेदेखि अढाइ (२ः३०) बजेसम्मको कार्यतलिका  निर्वाचन समितिले सार्वजनिक गरेको छ । यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने ३ बजे गर्ने कार्यतालिका रहेको छ । 

यी प्रक्रियाहरू सकिसकेपछि मतदान कार्यक्रमका लागि अपराह्न ४ बजेदेखि राति ८ बजेसम्म तोकिएको निर्वाचन केन्द्रीय निर्वाचन समिति संयोजक महम्मद समिमि अख्तर अलीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप