यस वर्षको नाडा अटो शो भदौ ११ गतेदेखि सुरु हुने, स्टल बुकिङ्ग खुला
काठमाडौँ । १६औँ संस्करणको नाडा अटो शो २०२४ आगामी भदौ ११ गतेदेखि राजधानीमा सुरु हुने भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल वर्षेनी दशैंतिहारको मुखमा वृहत अटो शो गर्दै आएकोमा यसपटकको अटो शो भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना गर्न लागिएको आयोजक नाडाले जानकारी दिएको हो ।
‘नाडा अटो शो २०२४’ घोषणा गर्दै आयोजक नाडाले अटोमा भाग लिने कम्पनीहरूका लागि प्रि–स्टल बुकिङ्ग समेत खुल्ला गरिसकेको छ ।
बुधबार एक सूचना जारी गर्दै नाडाले जेठ ३१ गते बिहीबारदेखि असार ५ गते बुधबारसम्म स्टल बुकिङ्ग खुल्ला गरिने जनाएको छ । सहभागी कम्पनीहरूबाट परेको आवेदनका आधारमा चार पाङ्ग्रे, दुईपाङ्ग्रेसहित कमर्सियल र हेभी इक्युमेन्टका सेग्मेन्टहरुलाई कसरी अटो शोमा व्यवस्थित गर्ने एकिन गरिने अटो शोका संयोजक अनुपकुमार बरालले रातोपाटीलाई जानकारी दिए ।
सकेसम्म आएका सबै आवेदन कम्पनीहरूलाई समेट्ने गरी स्टल व्यवस्थापन गरिने बताउँदै संयोजक बरालले प्रदर्शनी मार्ग स्थित भृकुटीमण्डपको पूर्ण हाता नाडाले लिने जानकारी दिए ।
पार्किङ्ग सुविधालाई व्यवस्थित गर्न गत वर्ष जस्तै यसवर्ष पनि नाडाले भृकुटीमण्डप बाहिरका क्षेत्रहरूलाई लिने र अवलोकनकर्ताहरूको सुविधाका लागि प्रदर्शनी स्थलसम्म सटल बस सेवाको सुविधा मिलाइने तयारी रहेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले रातोपाटीसँग बताए ।
विगतका शोहरुमा जस्तै यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुईपाङ्ग्रे, चार पाङ्ग्रे तथा हेभी कमर्सियल गाडीका सेग्मेन्टसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने आयोजक नाडाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण