ठुलै रिस्क मोलेर एक्सन फिल्म गरेँ : पूजा शर्मा

काठमाडौँ । अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘दान्भी’ आगामी असार ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममार्फत पूजा पहिलोपटक एक्सन अवतारमा देखिँदै छिन् ।
प्रेमकथाको फिल्ममा देखिँदै आएकी पूजाको एक्सनमा ‘दान्भी’ हो । एक्सन फिल्म आफूले ठुलै रिस्क उठाएर अभिनय गरेको पूजा बताउँछिन् ।
‘सधैँ एकै प्रकारको फिल्म गर्नुभन्दा फरक पनि हुन्छ र सिक्ने मौका पनि मिल्छ भनेर ‘दान्भी’ गरेको हो’, पूजाले भनिन्, ‘एक्सन के हो थाहा थिएन । अहिले धेरै नलेज भएको छ ।’ अहिलेसम्म गरेको अभिनयमध्ये सबैभन्दा गाह्रो एक्सन भएको बताएकी उनले मिहिनेत पनि धेरै गर्नुपरेको सुनाइन् ।
हुन त नेपाली फिल्ममा बेलाबेलामा महिला एक्सन देख्दै आएका छन् । ती फिल्मको एक्सनभन्दा ‘दान्भी’ को निकै फरक रहेको पूजाको दाबी छ । भन्छिन्, ‘फिल्ममा त्यस्तो एक्सन छ । जुन दर्शकले साच्चिँकै भइरहेको फिल्म गर्नु हुन्छ ।’
फिल्ममा पूजाको एक्सन त छ नै । फिल्मको मुख्य कलाकार समेत उनी हुन् । त्यसैले फिल्मको व्यावसायिक दबाब पनि उनी माथि छ । उनी पनि फिल्मको व्यवसाय गर्नुपर्ने दबाब आफू रहेको सुनाउँछिन् ।
रुपेश तामाङको निर्देशन रहेको फिल्ममा पूजाको अलवा किरण श्रेष्ठ, कुन्साङ बोमजोमको पनि मुख्य भूमिका रहेको छ । देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् ।
फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा छन् । फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान
-
माधव—प्रचण्डलाई ओलीको कटाक्ष : जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु
-
हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद
-
युक्रेनको पक्षमा लडिरहेका एक अस्ट्रेलियाली नागरिकलाई १३ वर्षको जेल सजाय
-
ढल्केबरको ढुङ्गो र अन्तरेहरू