हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा दर्जनौँ रकेट प्रहार, कयौँ स्थानमा आगलागी

लेबनान । हिजबुल्लाहले लेबनानबाट उत्तरी इजरायलमा दर्जनौँ रकेट प्रहार गरेको जनाएको छ। हिजबुल्लाहले मंगलबार इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमान्डरको मृत्युको प्रतिक्रिया स्वरूप यो हमला गरेको हो।
मङ्गलबार इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमान्डर तालेब अब्दुल्लाहसहित चार जनाको मृत्यु भएको थियो । इजरायल र हिजबुल्लाहबिचको आठ महिना लामो भिडन्तमा मारिएका अब्दुल्लाह हिजबुल्लाहका सबैभन्दा वरिष्ठ कमान्डर हुन्।
हिजबुल्लाहका अनुसार यी रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी प्रहार गरिएको हो। यता इजरायली सेनाले लेबनानी पक्षबाट करिब ९० रकेट प्रहार गरिएको जनाएको छ।
इजरायलले अधिकांश रकेट हावामा नै नष्ट गरेको दाबी गरेको छ । इजरायलका अनुसार विभिन्न ठाउँमा रकेटहरू खसेकाले ती ठाउँमा आगो लागेको छ ।
गाजामा इजरायल र हमासबिच युद्ध चलिरहेको छ । हिजबुल्लाहले युद्ध सुरु भएदेखि नै लेबनानबाट इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी जोखिमको विश्लेषण गरी सुरक्षित यातायात सञ्चालनको व्यवस्था मिलाउन निर्देशन
-
जन्मदिनमा गायिका एलिना चौहान : बाँदरलाई केरादेखि मेहनतीलाई हजारका नोटसम्म
-
नेपालको खराब सुरुवात
-
टि ट्वान्टी आई सिरिज : स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य
-
चोर खोज्दै आएको भारतीय प्रहरीको टोली नागार्जुनबाट पक्राउ
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ