हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा दर्जनौँ रकेट प्रहार, कयौँ स्थानमा आगलागी
लेबनान । हिजबुल्लाहले लेबनानबाट उत्तरी इजरायलमा दर्जनौँ रकेट प्रहार गरेको जनाएको छ। हिजबुल्लाहले मंगलबार इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमान्डरको मृत्युको प्रतिक्रिया स्वरूप यो हमला गरेको हो।
मङ्गलबार इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमान्डर तालेब अब्दुल्लाहसहित चार जनाको मृत्यु भएको थियो । इजरायल र हिजबुल्लाहबिचको आठ महिना लामो भिडन्तमा मारिएका अब्दुल्लाह हिजबुल्लाहका सबैभन्दा वरिष्ठ कमान्डर हुन्।
हिजबुल्लाहका अनुसार यी रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी प्रहार गरिएको हो। यता इजरायली सेनाले लेबनानी पक्षबाट करिब ९० रकेट प्रहार गरिएको जनाएको छ।
इजरायलले अधिकांश रकेट हावामा नै नष्ट गरेको दाबी गरेको छ । इजरायलका अनुसार विभिन्न ठाउँमा रकेटहरू खसेकाले ती ठाउँमा आगो लागेको छ ।
गाजामा इजरायल र हमासबिच युद्ध चलिरहेको छ । हिजबुल्लाहले युद्ध सुरु भएदेखि नै लेबनानबाट इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण