गुरुकुलमा ‘चौथो अध्याय’ मञ्चन
विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक ‘चौथो अध्याय’ मञ्चन भइरहेको छ ।
रविन चिमरिया र दीक्षा चौधरीले निर्देशन गरेको ‘चौथो अध्याय’ नामको नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ । जीवनको उत्तरार्द्धमा देखापर्न सक्ने मनोसामाजिक अवस्थामा केन्द्रित रहेको नाटक हरेक दिन बेलुका ५ः३० बजे मञ्चन हुँदैछ ।
एउटी नारीले सामाजिक रूपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवं काव्यिक हिसाबले नाटकको माध्यमबाट देखाउने प्रयास गरिएको छ ।
नाट्य साहित्यको अध्ययन तथा प्रयोगात्मक प्रक्रियामा अत्यन्तै आवश्यक रहने सुधारात्मक पद्धति ‘इम्प्रुभाइजेसन’ र पात्र तथा परिवेश कल्पना ‘इम्याजिनेसन’ बाट संयोजन गरिएको यो नाटक मनोसामाजिक खोज तथा अध्ययनको एउटा प्रायोगिक अभ्यास रहेको नाटककी निर्देशक दीक्षा चौधरीले जानकारी दिइन् ।
नाटकमा लक्ष्मीप्रसाद देवकोटा, पारिजात, चार्ल्स बुकोवस्की र विप्लव प्रतीकका कविताहरूलाई समेत प्रयोग गरिएको छ । नाटकले दर्शन, विचारधारा र व्यावहारिकता बिचको जीवनको विरोधाभाषपूर्ण सङ्घर्षलाई समेत इङ्गित गरेर देखाउन खोजिएको छ । ‘चौथो अध्याय’मा दीक्षा चौधरी, भरत कार्की, प्रदिप दाहाल, रविन चिमरिया, यसश्वी चौधरी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण