युक्रेनमा रुसी आक्रमणमा ६ जनाको मृत्यु, ११ घाइते
बुधबार, ३० जेठ २०८१, २१ : ४०
किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दक्षिणी युक्रेनस्थित रुसी आक्रमणमा ६ जना मारिएको बुधबार बताएका छन् । आक्रमणमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, “क्रिवी रिगमा रुसी मिसाइल आक्रमण । अहिलेसम्म छ जनाको मृत्यु भएको छ र ११ जना घाइते भएका छन् ।”
उनले घटनास्थलमा आपत्कालीन सेवाहरूले लिएका भिडियो फुजेट पोस्ट गरेका छन् । फुटेजमा उद्धारकर्मीहरूले भत्किएको भवनबाट धुवाँ निस्किरहेको देखाउँदै जीवितहरूलाई खोज्न भग्नावशेषमा देखाइएको छ ।
जेलेन्स्कीले आफ्नो पोस्टमा युक्रेनका सहयोगीहरूसँग रुसी हवाई आक्रमणबाट बच्नका लागि अत्याधुनिक हवाई बेट्रीहरूको आपूर्ति बढाउन आह्वान गरेका छन् । - (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव