बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मैत्रीपूर्ण फुटबलमा अमेरिका र ब्राजिलको बराबरी

बिहीबार, ३१ जेठ २०८१, ०७ : ३४
बिहीबार, ३१ जेठ २०८१

काठमाडौं । कोपा अमेरिकाको तयारीमा रहेका अमेरिका र ब्राजिलले बराबरी खेलेका छन् । आज भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा दुवै टिमले एक÷ एक गोलको बराबरी खेलेका हुन् । 

फ्लोरिडाको ओलान्डो स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलले १७ औं मिनेटमा अग्रता लिएको थियो । राफिनाको पासमा रोड्रिगोले गोल गर्दै टीमलाईसुरुआती अग्रता दिलाएका थिए ।

तर, २६ औं मिनेटमा मिडफिल्डर क्रिष्टियन पुलिसीको गोलमा अमेरिकाले बराबरी गरेको थियो । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा मैत्रीपूर्ण खेल बराबरीमै टुंगियो ।

कोपा अमेरिका २१ जुनदेखि सुरुहुँदै छ । समूह एमा रहेको अमेरिकाले २४ जुनमा बोलेभियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दा समूह डीमा रहेको ब्राजिलले कोष्टारिकासँग जुन २५ मा पहिलो खेल खेल्ने छ । कोपाको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना हो । २०२१ को फाइनलमा ब्राजिललाई हराउँदै लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपाको उपाधि जितेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप