कोशी प्रदेश विवाद : न्यायाधीश रेग्मी, सुवेदी र मुसलमानको पूर्ण इजलासमा पेशी
काठमाडौँ । कोशी प्रदेश सरकार विवाद सम्बन्धी मुद्दाको पेशी न्यायाधीशहरू कुमार रेग्मी,नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको छ। बिहीबार उक्त विवादमा अन्तिम फैसलाका लागि बहस हुने भनि यसअघि इजलासबाटै मिति तोकिएको थियो। यसअघि संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो ।
कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफूलाई हटाउन नसक्ने जिकिर गर्दै आएका थिए । तर उनलाई हटाएर हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएपछि कार्की सर्वोच्च आएका थिए । कार्कीले संविधानको धारा १६८ अनुसारको अन्तिम मुख्यमन्त्री आफू भएकाले हटाउने निर्णय गैर संवैधानिक भएको जिकिर गरेका थिए ।
उक्त रिटमा एकल इजलासले पाँच वटा संवैधानिक विवादका प्रश्नहरू निरूपण हुनुपर्ने भन्दै लिखित जवाफसहित छलफलमा बोलाएको थियो । संयुक्त इजलासमा पनि वहसका क्रममा यही प्रश्न उठेपछि पूर्ण इजलासमा पठाइएको थियो । कार्कीको रिटमा आजबाट सुनुवाइ सुरु हुने देखिन्छ ।
कार्कीका कानुन व्यवसायीहरूले बहस सुरु गर्ने छन् । उनीहरूको बहस सकिएपछि सरकारी वकिलहरूले बहस गर्ने छन् । सरकारी पक्षपछि मुख्यमन्त्री कार्कीका तर्फबाट बहस हुने छ। अन्तिममा रिट निवेदकहरूले जवाफी बहस गर्दै सुनुवाइ सकिने छ। सुनुवाइ सकिएपछि मुख्यमन्त्रीको बारेमा जारी विवादमा सर्वोच्चले निकास दिने छ।
सर्वोच्चले रिट जारी गरेमा पून मुख्यमन्त्रीमा केदार कार्कीले प्रवेश पाउने छन भने खारेज गरेमा हिक्मत कार्की नै निरन्तर हुने छन् । यो विवादमा हुने फैसलाले केही संवैधानिक व्याख्याहरु गर्ने छ जसले भोलिका दिनमा प्रदेशमा सरकार गठनमा अउाने अप्ठाराहरु सम्वोधन हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण