प्रि–बुकिङमा कल्कीले तोड्यो आरआरआरको रेकर्ड
बिहीबार, ३१ जेठ २०८१, ११ : २०
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म कल्की २८९८ एडीको ट्रेलर रिलिज भइसकेको छ । फिल्म यही जुन २७ मा हलहरूमा रिलिज हुँदैछ । फिल्मको प्रि–बुकिङ पनि सुरु भइसकेको छ । प्रि–बुकिङमा कल्कीले आरआरआरको रेकर्ड तोडेको छ ।
मिडिया रिपोर्ट्सका अनुसार कल्की २८९८ एडीले रिलिज पूर्व विदेशमा धमाधम पैसा कमाइरहेको छ । उत्तर अमेरिकामा फिल्मले एसएस राजामौलीको निर्देशनमा बनेको आरआरआरको रेकर्ड तोडेको छ । कल्की प्रि–बुकिङमा सबैभन्दा छिटो १० लाख डलर कमाउने फिल्म बनेको छ । यसअघि यो रेकर्ड आरआरआरको नाममा थियो ।
कल्की २८९८ एडी नाग अश्विनको निर्देशनमा बनेको फिल्म हो । यसमा प्रभासबाहेक दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन, दिशा पटानी, पशुपति, शोभना, ब्रह्मानन्दम र राजेन्द्र प्रसाद समेतका कयौँ कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण