साधना र सबैको लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति

काठमाडौँ । साधना र सबैको लघुवित्त वित्तीय संस्था आपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै आपसमा भएर साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्ने भएका हुन् ।
केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ को दफा ७३ र ‘बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९)’ को विनियम ११ को व्यवस्थाअनुसार यी दुई संस्था आपसमा गाभिने भएका हुन् ।
अब यी दुई संस्थाले आ–आफ्नो साधारण सभाबाट निर्णय गरे बमोजिम कायम हुने सेयर स्वाप अनुपातमा १ः१ अनुसार सेयर पुँजी मिलान गर्नुपर्ने छ । यस्तै धितोपत्र बजारमा साधना लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने व्यवस्था समेत मिलाउनुपर्ने बताइएको छ ।
गाभिएपछि संस्थाको केन्द्रीय कार्यालय तनहुँको बन्दिपुर नगरपालिका डुम्रेमा हुनेछ । यीसहित नेपाल राष्ट्र बैंकले दुई संस्थालाई विभिन्न प्रकारका १७ वटा सर्त राखेको छ । जसलाई सीमित समयभित्र पुरा गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्यो
-
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति
-
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री
-
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
-
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो