साधना र सबैको लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति
काठमाडौँ । साधना र सबैको लघुवित्त वित्तीय संस्था आपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृति दिएसँगै आपसमा भएर साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्ने भएका हुन् ।
केन्द्रीय बैंकले जारी गरेको सूचनाअनुसार ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’ को दफा ७३ र ‘बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९)’ को विनियम ११ को व्यवस्थाअनुसार यी दुई संस्था आपसमा गाभिने भएका हुन् ।
अब यी दुई संस्थाले आ–आफ्नो साधारण सभाबाट निर्णय गरे बमोजिम कायम हुने सेयर स्वाप अनुपातमा १ः१ अनुसार सेयर पुँजी मिलान गर्नुपर्ने छ । यस्तै धितोपत्र बजारमा साधना लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने व्यवस्था समेत मिलाउनुपर्ने बताइएको छ ।
गाभिएपछि संस्थाको केन्द्रीय कार्यालय तनहुँको बन्दिपुर नगरपालिका डुम्रेमा हुनेछ । यीसहित नेपाल राष्ट्र बैंकले दुई संस्थालाई विभिन्न प्रकारका १७ वटा सर्त राखेको छ । जसलाई सीमित समयभित्र पुरा गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण