राष्ट्रिय जनमोर्चाले असोज ४ र ५ गते राष्ट्रिय परिषद् बैठक गर्ने
बिहीबार, ३१ जेठ २०८१, १८ : ०८

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले असोज ४ र ५ गते राष्ट्रिय परिषद् बैठक गर्ने निर्णय गरेको छ । जेठ २८ गतेदेखि २९ गतेसम्म काठमाडौँमा बसेको जनमोर्चाको केन्द्रीय समिति बैठक सो निर्णय गरेको हो ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बैठकले बुटवलमा राष्ट्रिय परिषद् बैठक गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
बैठकले असार १४ गते सङ्घीयता तथा भ्रष्टाचारको विरोधमा देशव्यापी कोणसभा तथा विरोध सभा गर्ने निर्णय समेत गरेको छ । साथै बैठकमा मुलुकको विद्यमान राष्ट्रिय राजनीतिक परिस्थिति र भारतमा हालै सम्पन्न लोकसभाको निर्वाचनबाट देखा परेको परिणामका विषयमा समेत छलफल भएको विज्ञप्तिमा जनाइएको छ । बैठकले यीसहित १२ वटा निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीले सम्झिए दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्दाका क्षण
-
ग्वार्को ओभरपास : अल्पकालीन राहत तर दीर्घकालीन समाधानका लागि सोचौँ
-
स्कटल्यान्डलाई हराउँदै सिरिज जित्ने लक्ष्यमा नेपाल
-
कर्णाली आन्तरिक आम्दानीमा निरन्तर कमजोर
-
पोखराका तारे होटलकै छैन नक्सापास, कानुन विपरीत व्यापार
-
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा